धनगढी । लागु औषध चरेशसहित कैलालीको धनगढीबाट एक युवक पक्राउ परेका छन । धनगढी उप–महानगरपालिका –१२ जुगेडा कम्पनी टोलमा किरना पसल संचालन गरेका ३६ बर्षिय दिनेश सिंह १ किलो चरेशसहित पक्राउ परेका हुन ।
बझाङ जयपृथ्वी नगरपालिका – ६ घर भएका सिंहको किराना पसलबाटै चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सादा पोशाकमा खटिएको प्रहरीले शंका लागि चेकजांच गर्दा लुकाईछिपाई राखेको चरेश बरामद गरिएको हो ।
चरेशसहित पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।