नागरिकता विधेयकप्रति राष्ट्रपति असन्तुष्ट, अव के हाेला ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा बहुचर्चित नागरिकता विधेयकको सम्बन्धमा गम्भीर चासो व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासमक्ष विधेयकमा समेटिएका केही प्रावधानबारे गम्भीर चासो व्यक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालय उच्च स्रोतका अनुसार, राष्ट्रपति भण्डारीले विधेयक समेटिएका बुँदाहरुमा गम्भीर चासो र चिन्ता व्यक्त गरेकी थिइन्। उनले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुअघि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द प्रसादशर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँगको भेटमा पनि नागरिकता विधेयकका सम्बन्धमा सोधपुछ गरेकी थिइन्। झण्डै दुई घण्टाको छलफलमा नागरिकता विधेयक प्रमाणीकरणपछि पर्नसक्ने दूरगामी प्रभावबारे चिन्ता व्यक्त गरेको स्रोतले बतायो।

संसदको दुबै सभाबाट पारित भई प्रमाणिकरणको लागि शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा फर्कने भएपछि अव के हाेला ? सबैतिर चासाे बढेकाे छ। कुनै पनि विधेयक १५ दिनभित्र प्रमाणिकरण हुनुपर्ने अन्यथा संसदमा फिर्ता गरिने कानुनी आधारमा टेकेर राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक भोलि साँझ वा पर्सिसम्ममा दस्तखत नगरी फर्काउने वातावरण बन्दै गएको बताइन्छ ।

‘राष्ट्रपतिले यसमाथि पुनर्विचार गरियोस् भन्दै नागरिकता विधेयक हाउसमा फिर्ता भए त्यसपछि संसदले पुनः छलफल गरेर सँधैको लागि फिर्ता गर्ने,संशोधन गर्ने वा शीतल निवासमा पुनः पठाउने निर्णय गर्नुपर्ने हुन्छ । तर, संसदमा सामान्य छलफलपछि उक्त विधेयकलाई जस्ताको त्यस्तै प्रमाणिकरणको निम्ति राष्ट्रपतिसमक्ष पठाउने तयारी सरकारको छ ।

यसअघि केपी ओली सरकारको पालामा यस्तै अध्यादेश राष्ट्रपतिले निमेषभरमा स्वीकृत गरेर जारी गर्नुभएको थियो । राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने सम्भावना बढेको अनुमान गर्दै संसद अधिवेशन जारी राखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.