१ लाख २० हजार म्यादी भर्नाको तयारी, अनुभवीलाई ग्रहायता

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि करिब १ लाख २० हजार म्यादी प्रहरी भर्नाको तयारी गरिएको छ। स्थानीय चुनाव र अघिल्लो पटक भएको आम निर्वाचनलाई मद्देनजर गरेर अहिले करिब १ लाख २० हजार म्यादी प्रहरी भर्ना गरिने आँकलन गरिएको प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईले जानकारी दिए।

उनका अनुसार आवश्यक म्यादी प्रहरीको यकिनका लागि नेपाल प्रहरीले जिल्लादेखि केन्द्रसम्म नै निर्वाचन सेल गठन गरी प्रक्रिया अघि बढाइएको छ। ती सेलले विश्लेषण गरेर आवश्यक म्यादी प्रहरीको संख्या जिल्लाले प्रदेशलाई र प्रदेशले केन्द्रलाई पठाएपछि यकिन विवरण पठाइनेछ। प्रहरी प्रधान कार्यालयले कार्य विभाग प्रमुख सहकुलबहादुर थापाको नेतृत्वमा सेल बनाएको डिआईजी राइले जानकारी दिए।

म्यादी प्रहरीको कार्यावधि ४० दिन राख्ने तयारी गरिएको छ । म्यादी प्रहरीमा यसअघिका निर्वाचनमा खटिएका म्यादी र पूर्व सुरक्षाकर्मीहरुलाई पहिलो प्राथमिकतामा राखिने प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.