धनगढी । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित भएका छन् । अर्का उम्मेदवार छविलाल तिवारीलाई हराउँदै सापकोटा अध्यक्ष बनेका हुन् । घोडाघोडी अस्पतालको अध्यक्षसमेत रहेका सापकोटाले तिवारीलाई ६६ मतले पछि पारेका थिए । तिवारीले १६८ मत पाउँदा सापकोटाले २३४ मत पाए ।
उपाध्यक्षतर्फ पनि सापकोटा प्यानलका यज्ञराज बिनाडी निर्वाचित भए । उनले १८९ मत ल्याए । उनीसँग पराजित भएका भानुभक्त आचार्यले १६० मत पाएका थिए । सदस्यतर्फ भने मिश्रित परिणाम आएको छ । सापकोटा प्यानलबाट महिला सदस्यमा नारायणी गौतम र खुल्लाबाट दुर्गा सापकोटा निर्वाचित भए ।
तिवारी प्यानलबाट आयुष जोशी र नारायण आचार्य निर्वाचित भए । सदस्यतर्फ आचार्यले सबैभन्दा धेरै मत पाएका थिए । २१ गते घोडाघोडी बहुमुखी क्याम्पसको साधारण सभा भएको थियो । आज निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरिएको हो । ४५८ मत मध्य ४०४ मत खसेको थियो ।