विगत लामो समयदेखि पार्टीको आन्तरिक किचलोमा अल्झिएको जनता समाजवादी पार्टी वारपारको अवस्थामा पुगेको छ । अध्यक्षद्धय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच सहमतिमै छुट्ने समझदारी भएसँगै जसपमाा विभाजन निश्चित बनेको छ ।
अधिकार बाँडफाँडका सवालमा अध्यक्षद्धय उपेन्द्र यादव र बाबुराम भट्टराईबीचको टकराव र बढ्दो तितका कारण पार्टी फुटको नजिक पुगेको हो । पेलेरै जाने यादवको रणनीति र दविएर बस्न नचाहने भट्टराईको स्वभावका कारण पार्टी वारपारको अवस्थामा पुगेको हो । बुधबार दुई नेताबीच वान टु वान वार्ता पछि भद्र सहमति नै गरेर यादव र भट्टराईले फरक बाटो रोज्ने भएका छन् ।
वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै एकिकरण पछि बनेको जनता समाजवादी पार्टी अहिले अध्यक्षद्धयको अन्तरद्धन्दका कारण छिन्नभिन्न उन्मुख छ ।मधेस आन्दोलनबाट उदाएका उपेन्द्र यादव र माओवादी जनयुद्धबाट स्थापित भएका डा बाबुराम भट्टराईले २०७७ वैशाखमा गैर कम्युनिस्ट ‘समाजवादी पार्टी नेपाल’ पार्टी घोषणा गरेका थिए ।
संघियता,सुशासन,समृद्धि र समाजवादीको नारा सहित सुरु भएको उनीहरुको सहयात्रा २ वर्ष पनि टिक्न सकेन ।