पोलियो खोप दिदादिदै तीन बालकको मृत्यु

धनगढी । पोलियो खोप लगाउन खटिएको टोलीमाथि आक्रमण हुँदा पाकिस्तानमा तीन जनाको मृत्यु भएको छ । मङ्गलबार खैबर पक्तुनख्वा प्रान्तमा भएको घटनामा दुई प्रहरी र एक पोलियो खोपमा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएको हो ।

सिन्ह्वा समाचार संस्थाका अनुसार प्रहरीले सुरक्षा दिएर खोपका दिइरहेको टोलीमाथि उत्तर वजरिस्तानको जिल्लामा आक्रमण भएको थियो । अज्ञात बन्दुकधारीले टोलीमाथि आक्रमण गरी भागेका थिए ।

खोप लिइरहेका बालक पनि घाइते भएको जनाइएको छ । पाकिस्तानमा कट्टरपन्थी मुसलमान समूहले कुनैपनि खोपको विरोध गर्दै आएका छन् । उनीहरुले खोप लगाउने टोलीमाथि समेत आक्रमण गर्दै आएका छन् । यसैगरी, पाकिस्तानको पञ्जाब प्रान्तमा विषालु ग्याँसबाट पाँचजनाको मृत्यु भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.