कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर पुनः विजयी

धनगढी । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन् । उनले प्रतिस्पर्धी सुरेन्द्र राठीलाई भारी मतले पराजित गरे ।निर्वाचित कुवँरले ६७८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी राठीले ३५५ मत प्राप्त गरेका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन् ।

विजयी सबै कुवँर प्यानलबाटै निर्वाचन लडेका थिए । १७ जना सदस्यमा पनि अधिकांश कुँवर प्यानलबाटै निर्वाचित भएका छन् । १६ सय मतदाता रहेको संघमा शनिबार भएको निर्वाचनमा १ हजार ९५ मत खसेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.