रुपन्देही बस दुर्घटनाः मृत्यु भएका ९ जनामध्ये पाँच जनाको सनाखत

रुपन्देहीको रोहिणी नदीमा भएको यात्रुबस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये पाँच जनाको सनाखत भएको छ। रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ।

सनाखत भएका मृतकमा रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा–२ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द्र शर्मा छन्। प्रहरीले चालक निदाएर दुर्घटना भएको अनुमान गरेको छ।

बिहान ४ बजेर ४५ मिनेट जाँदा रोहीणी गाउँपालिका-३ मा पर्ने भैरहवा-परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणी पुलमा जनकपुरबाट भैरहवा जाँदै गरेको लु२ख ३८४१ नंको बस दुर्घटना भएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.