दुर्घटनाग्रस्त तारा एयर विमानबाट १४ जनाको शव संकलन

मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको छ । जहाजमा सवार कसैलाई पनि जिवित अवस्थामा भेट्न सम्भावना नरहेको अधिकारीहरुले बताएका छन् ।

त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले २२ मध्ये १४ जना यात्रुको शव संकलन भएको रातोपाटीलाई जानकारी दिए । उनले अन्यको खोजीकार्य जारी रहेको भन्दै शव भेटिएकामध्ये केहीको चिनिने अवस्था र केहीको भने क्षतविक्षत अवस्थामा शव भेटिएको छ ।

आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा भेटिएको थियो।  स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको थियो । जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ  ।

अहिले शव संकलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिए । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.