वृद्ध भत्ता बुझ्न लाईनमा कुरिरहेका एक जनाको मृत्यु

धनगढी । धनगढीमा वृद्ध भत्ता बुझ्न लाइनमा बसेका एक जनाको मृत्यु भएको छ। सामाजिक सुरक्षा भत्ता बुझ्न धनगढी-१८ को वडा कार्यालयमा लाइन बसेका ७४ वर्षीय गुलिराम चौधरीको बुधवार मृत्यु भएको हो।

वडा कार्यालयमा पालो कुरिरहेका चौधरी एकाएक ढलेर बेहोस भएका थिए। उनी ढलेपछि उपचारका लागि धनगढीतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। उनी दम र सुगर रोगबाट पीडित थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.