पर्यटन विकासका लागि सुदूरपश्चिम सरकारद्वारा गुरुयोजना तयार

धनगढी । सुदूरपश्चिम प्रदेशको पर्यटन विकास र विस्तारका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्यटन गुरुयोजना तयार पारेको छ। मन्त्रालयले पर्यटनसँग सम्बन्धित सबै योजनाहरुलाई गुरुयोजनाअनुसार कार्यान्वयन गर्न २ वर्ष लगाएर पहिलो पटक पर्यटन गुरुयोजना तयार पारेको हो।

चालु आर्थिक वर्षदेखि नै गुरुयोजनाअनुसार पर्यटन क्षेत्रसँग सम्बन्धित सबै योजनाहरुको कार्यान्वयनका लागि आवश्यक तयारी अघि बढाएको मन्त्रालयले जनाएको छ। पर्यटन क्षेत्रको विकास र विस्तारका लागि प्रदेश गुरुयोजना निर्माण भइसकेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले जानकारी गराए।

सुदूरपश्चिको दीर्घकालीन विकासका लागि कृषि, पर्यटन, जडिबुटी, जलविद्युत र उद्योगका लागि सम्भावना हुँदाहुँदै पनि प्रदेश सरकारले यसका लागि गुरुयोजना र बजेटको व्यवस्थापन गर्न नसक्दा खुद्रे याेजनामै सिमित थियाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.