सुदूरपश्चिममा जसपा रिसायाे, दियाे गठबन्धन तोड्ने चेतावनी

धनगढी । काँग्रेसलाई सामेल गराएर प्रदेश सरकारमा आफ्नो पार्टीलाई बेवास्ता गरेको भन्दै रिसएकाे जसपाले गठबन्धनबाट बाहिरिने चेतावनी दिएकाे छ । शुक्रवार सुदूरपश्चिम सरकार पुनर्गठन हुँदा कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री थपिएका छन्। तर, जसपालाई सहभागी गराइएको छैन।

सरकारमा सहभागी नगराएको भन्दै उनीहरू रुष्ट भएका हुन्। शनिवार धनगढीमा पत्रकार सम्मेलन गरेर गठबन्धन तोड्ने कुरा सार्वजनिक गरेकाे हाे। जसपाका प्रदेश समिति अध्यक्ष कृष्णकुमार चौधरीले आफूहरुलाई बाइपास गरिएकाले यथास्थितिमा गठबन्धन रहन नसक्ने बताए । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी जसपाको तर्फबाट एकजना प्रदेशसभा सदस्य छन् ।

यसअघि सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी र एकीकृत समाजवादी पार्टीमात्रै सहभागी थिए। कांग्रेसले सरकारमा सहभागी नगराए गठबन्धन नमान्ने भनेपछि कांग्रेसले दुई मन्त्री र एक राज्य मन्त्री पाएको थियो।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.