बसको ठक्करबाट महिलाको मृत्युपछि महेन्द्रनगर बजार तनाबग्रस्त

कञ्चनपुर। कञ्चनपुरमा बसको ठक्करबाट साईकलमा सवार महिलाको मृत्यु पश्चात महेन्द्रनगर बजार तनाव ग्रस्त भएको छ। सोमबार बिहान कञ्चनपुरको महेन्द्रनगरबाट गड्डाचौकीतर्फ गइरहेको ना४ख ४४६६ नम्बरको बसले भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा ठक्कर दिँदा साईकलमा सवार मन्जु बुडालको ज्यान गएको थियो।

सामान किनेर बाटो पार गर्न खोज्दा बुडाललाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।उनको घटनास्थलमै मृत्युपछि स्थानीयले चक्काजाम गरेका छन्। उनीहरुले सडकमा टायर समेत जलाइरहेका छन्। महिलाको मृत्यु पश्चात महेन्द्रनगर बजार तनावग्रस्त भएको छ । चक्काजाम गरिएपछि यातायात सेवा प्रभावित बनेको छ।

यता, प्रहरीले सडक खुलाउन प्रयासमा लागिरहेको जनाएको छ। मन्जु ब्रम्हदेव प्रहरी चौकीमा कार्यरत सइ देवसिह बुडालकी पत्नी हुन्। सो बसका चालक शुक्लाफाँटा नगरपालीका ११ का रोशन बोहरा प्रहरीको नियन्त्रणमा रहेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.