Dashain Suvakamana

बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

धनगढी । १० वटा स्थानीय तह रहेको बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा परेका छन्। जिल्लाका १२९ मतदानस्थलमध्ये ३१ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा परेका हुन्।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार स्थानीय प्रशासनले सुरक्षाका दृष्टिकोणबाट मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको छ। जसअनुसार जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ वटा मतदानस्थल कम संवेदनशीलको सूचीमा परेका हुन्।

यसैबीच आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना निर्माण कार्य सुरु गरेको छ। विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचनस्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको सूचना अधिकारी भारतीले बताए। १० वटा स्थानीय तह रहेको बैतडीमा २०५ वटा मतदान केन्द्र र १ लाख ४८ हजार ६०६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.