धनगढी । सेती प्रादेशिक अस्पतालका नवनियुक्त अध्यक्ष नरवहादुर शाहले अस्पतालकाे सेवा सर्वसुलभ रुपमा गरिब निमुखा जनता माझ पुराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अध्यक्ष शाहसँगै अस्पताल ब्यवस्थापन समितिका सदस्यहरुले पदभार ग्रहण लगत्तै अस्पताल प्रशासनका कर्मचारीहरुसंग छलफल गर्दै सेती प्रादेशिक अस्पताललाई गरिब निमुखा जनताको मनमा कसरी राख्न सकिन्छ त्यो अनुसार काम गर्नुपर्नेमा जोड दिएका छन् । सेती प्रादेशिक अस्पतालमा सरकारले गर्नुपर्ने ठुला काम होलान शाहले भने “ तर ब्यवस्थापन समिति र कर्मचारी मिलेर सानो सानो काम गर्नुपर्ने छ त्यो कामले यहाँका गरिब निमुखा जनता सहज उपचार पाउनु हुनेछ ।”
सेती अस्पतालको समस्या भनेको दुर्गन्धित, समयमा उपचार नपाउने, सेवा बारे जानकारीनै नहुने लगायतका स साना समस्या हुन उनले भने “यस्ता समस्या हामी समाधान गर्ने छौँ हामी चिकित्सक साथीहरुलाई अप्ठ्यारो गर्ने गरी होइन सहकार्य गरेर सेतीको उपचार सेवा सहज बनाउने छौँ ।” सदस्यहरु डिल्ली राज भट्ट, रोजी बस्नेत, पुस्पराज राना, राजेन्द्र चापागाई र बिजय अधिकारीलेपनि बुधवार सपथ ग्रहण संगै पदभार गरेका छन् ।
नव नियुक्त सदस्य डिल्लीराज भट्टले स्वास्थ्य क्षेत्र प्रबिधिमैत्री हुनुपर्नेमा जोड दिंदै सेती अस्पतालमा आउने सेवाग्राहीका समस्या सम्बोधग गराउने बिषयमा ब्यवस्थापन समिति गम्भिर रहेको उनले बताए । स्वास्थ्यकर्मीहरुसंग सहकार्य गरी जनतालाई सुलभ सेवा दिनमा आफुहरु कर्तब्यनिस्ट भएर लाग्ने भट्टको भनाई थियो ।