Dashain Suvakamana

भलिबलकी अरूणा र फुटबलका विराज सर्वोत्कृष्ट खेलाडी

एनएनआईपीए स्पोर्ट्स अवार्ड

काठमाडौं । राष्ट्रिय फुटबल टिममा पूर्व कप्तान विराज महर्जन र महिला भलिबल टिमकी कप्तान अरूणा शाही नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले मंगलबार प्रदान गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

ललितपुरको गोदावरी नगरपालिकास्थित बज्रबाराहीमा सम्पन्न कार्यक्रममा विराज पुरुषतर्फ र अरुणा महिलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । त्यस्तै जुडोकी निमा घर्तीमगर महिलातर्फ र ब्याडमिन्टनका प्रिन्स दहाल पुरुषतर्फ उदीयमान खेलाडी घोषित भए । करातेकी पार्वती गुरुङ र ट्रायथलनका हिमाल टमाटा प्रतिभाशाली खेलाडीबाट सम्मानित भए ।

सर्वोत्कृष्ट महिला खेलाडी अरुणा र पुरुष खेलाडी विराजले समान एक लाख रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भए । प्रतिभावान महिला खेलाडी पार्वती र पुरुष खेलाडी हिमाल समान ५० हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भए । त्यस्तै उदीयमान खेलाडी निमा र प्रिन्स पनि समान ५० हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.