यसरी सम्भव छ : राम्रो डाेटी अनि, हाम्रो डाेटी

~तेजबहादुर डुम्रेल

थुप्रै सम्भावना बाेकेकाे अनि ऐतिहासिक डाेटी जिल्लामा सकारात्मक के गर्न सकिन्छ भनेर मैले निकै ठूलो साेच बनाए, नाैवटा स्थानीय तह भएको यस डाेटी जिल्लालाई साच्चिकै अबको ५० बर्षपछि कस्तो देख्न सकिन्छ भनेर खुबै चिन्तन गरे, साेचलाई सार्वजनिक गर्न तत्पर भएकाे छु, विचारलाई राज्यले सकारात्मक रुपमा लिन सक्यो भने हाम्रो डाेटी अनि राम्रो डाेटी यसरी सम्भव छ।

No description available.विश्व बजारको बहुमुल्य प्रजाति सुनाखरि पुर्वी चाैकि गाउँ पालिकाकाे बगलेक क्षेत्रमा पाइन्छ, विश्व बजारमा महङ्गो ट्राउट माछा सायलमा पाइन्छ, क्रिष्टल जस्तो शुद्ध ढुङ्गा भेटिएको सायलमा खानि उत्खलन हुन सकेको छैन, सेती नदिमा अहिले पनि सुनका सानातिना टुक्रा बगिरहेका हुन्छन्, त्यसकारण सुदुरमा सुनखानि खाेज्याे भने भेट्न सकिन्छ, सबै स्थानीय तहमा गुफा तथा भयानक ओडारहरु छन्, जस्तै अशुद्धाला गुफाबाट डाेटि र बझाङ जिल्ला बिच रहेको मालिका पुग्न सकिन्छ, जाेरायलकाे छतिवन झरना भन्दा भेल्छडा झरना छ तैपनि अहिलेसम्म कतिपय स्थानीय सरकारका सुदूर पश्चिमी सरकारका र संघीय सरकारका जनप्रतिनिधिहरु पुग्न सकेका छैनन् ।

चुनावमा ठूलाठूला सपनाको खेती हुने यस जिल्लामा पश्चिम सेती हुने हल्ला मात्रै छ तर काम थालनी भएको छैन, युवालाई काममा व्यस्त राख्न सिमेन्ट कारखाना संचालित ल्याउन सके मेरा साथीहरूले भारत जानुपर्ने थिएन, जाेरायलकाे हावापानी मिल्दोजुल्दो भएको स्थानीय तहमा बास्मतिकाे बीउ कृषि कार्यालयबाट वितरण हुन सकेको छैन, जस्तैः शुरुआत ट्राउट सुदूरपश्चिमकाे जाेरायलकाे गडसेरामा भयो, मा. मुख्य मन्त्री त्रिलाेचन भट्टले १ सय ५०बढि किसानले ट्राउटमा माछापालन गर्छन् भने सहयोग गर्छु भन्नु भयो तर सम्भावना अध्ययन गरिएको पुर्वीचाैकिकाे गड्डीगाड र दिपायल सिलगढिकाे उडिताेला पनि हो ।

स्थानीय किसानलाई चासो हुनुपर्ने त्यसमा स्थानीय सरकारले समन्वय गर्नुपर्ने तथा सुदुर पश्चिम सरकारले सहयोग गर्नुपर्ने त्यो भएको पाइन्न । स्थानीय कृषि उत्पादनमा चासो छैन, पछिल्लो समय धानका नयाँ नयाँ बिउहरुले मार्सिधान लाेप हुदैछ, जुम्लाको जस्तो सिमि यहाँ फल्छ, सामुहिक उत्पादनमा जाेड छैन,टुक्राटुक्रा खेती प्रणालिबाट किसानको जीवन निर्वाह समेत हुदैन, भएको सीप र श्रमकाे सम्मान नहुदा युवा विदेशीन बाध्य छन् भने भारतीय दाजुभाइले गाउँ गाउँमा पुगेर विभिन्न किसिमका खुद्रा ब्यापार गर्दैछन्, कतिपय ती भारतीय व्यापारी नागरिक नत कर तिर्छन् नत स्थानीयलाई सहयोग गर्छन् ,कमाउने सिजनमा आउने जाने सबैले देखिरहेका छन् ।

पर्यटनको केन्द्र खप्तड जाने बिचपनि सडकको विरोध गर्नेहरु पनि छन् तर देशका धेरै जसाे राष्ट्रिय निकुञ्ज भित्र सडक पुगेकाले विकास भएको हो ।त्यसकारण झिगराना बस्ने कतिपय व्यापारीले सडक पुगेको राम्रै हाेला साेच्नु पर्छ ,किनकि बझाङबाट सडक खप्तड पुग्न थालेको थाहै हाेला ! सुदुर पश्चिम सरकारले झिगरानासम्म पिच गरेकोमा गर्व गर्छु, राष्ट्रिय गाैरवका योजना तथा प्रदेश गाैरवका योजना छिटोभन्दा छिटो सम्पन्न हाेस चाहन्छु।

सकारात्मक साेचकाे अर्को उदाहरण दिपायलस्थित दुधेश्वर देखि डाेटेली दरबार जाेडने बन्जी जम्पिङ सहितको झाेलुङे पुल शिलान्यास सुदूर पश्चिम सरकारका मा. मुख्य मन्त्री त्रिलाेचन भट्टले गर्नुभयो, यसका लागि विगत ९/१० बर्ष अघि देखि मैले जिल्लाका सर्वदलीय बैठक देखि दिपायल सिलगढि नगर परिषद्लाई झक्झक्याउने गरे । यो एक सकारात्मक साेचकाे परिणाम हो । यसरी अबको निरन्तर यात्रा यसरी सम्भव छ हाम्रो डाेटी राम्रो डाेटीका लागि हुनेछ ।

लेखक डोटी चेम्बर अफ कमर्सका सचिब हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.