त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्दा जहाज अकासमै
काठमाडौं । काठमाडौं उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् भने जहाजहरू अवतरण पनि हुन सकेका छैनन्।
भिजिबिलिटी नभएका कारण उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि जजिरा एयरलाइन्सका दुई जहाजले काठमाडौं उपत्यकाको आकाशमा फन्को लगाइरहेका छन्।