माओवादी आगाे हाे, आगाेसँग खेलाचि गर्ने ओलीकाे हालत के भाे ? प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी केन्द्र असत्य र अत्याचार बिरुद्धकाे आगाे भएकाे बताएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको वर्तमान हालत ‘आगोसँग खेल्न खोज्दा’ भएको बताएकाे इगित गर्दै नेकपा मसाल (सम्पर्क केन्द्र)सँग एकता गर्नेक्रममा उनले आफूलाई आगोको संज्ञा दिँएर खेल्ने दुस्साहस नगर्न समेत चुनौती दिएका हुन्।
उनले भने, ‘आगोसँग खेल्ने दुस्साहस नगर्नुहोस्। आगोसँग खेल्दा के भयो भने कोही बालुवाटरबाट बालकोट पुगे र ६ प्रदेशकै मुख्यमन्त्री चैट भयो।’ थप हालत आगामी निर्वाचनमा देखिने उनले बताएका छन्। अघिल्लो पर्ष पुस ५ मा प्रतिक्रान्ति सुरु भएको बताउँदै उनले निर्ममतापूर्वक प्रतिगामी षड्यन्त्र चालिएको उल्लेख गरे। उनले थपे, ‘पार्टीभित्र अन्तरसंघर्ष चर्किएकाले संसद् विघटन गरियो रे। हामी एकजुट भएर प्रतिक्रान्तिको हुरी रोक्न सकिन्छ।’
एकता घोषणा कार्यक्रम ओलीका ‘सय चोट’मा लुहारको ‘एकचोट’ भएको बताए। ओलीप्रति लक्ष्य गर्दै उनले भने, ‘केही मान्छेको सिला खोज्दै हिँड्ने गरेका छन्। धेरै त भन्दिनँ- आजको एकता अभियान सुनारको सय चोट, लुहारको एकचोट भनेजस्तै भएको छ। आज हामीले लोहारको एकै चोट हान्यौं।’
एकताबाट कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रक्रिया थालिएको बताए। उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई बिसर्जन गर्न चाहनेलाई चुनौती दिन चाहन्छौं। यो सन्देश देश र विश्वभरि प्रवाहित भएको छ।’ उनले अहिलेको पाँच दलीय गठबन्धनलाई अझ बलियो बनाउँदै लैजानु पर्ने पनि उल्लेख गरे।