काँग्रेस अधिवेशनमा दुई पक्षबीच कुटाकुट,आधा दर्जन कार्यकर्ता घाइते

नेपाली कांग्रेसको प्रदेश–२ समितिको मतदानबारे विवाद हुँदा दुई पक्षबीच कुटाकुट भएको छ । बुधबार (आज) सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको हो । उक्त झडपमा परी कांग्रेसका केही कार्यकर्ताहरु घाइते भएका बताइएको छ ।

जनकपुरधाममा भइरहेको अधिवेशनमा कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले विहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद उत्पन्न भएको हो ।अहिले निर्वाचन स्थलमा दुवै समूहले हाेहल्ला र नाराबाजी गरिरहेका छन् । निर्वाचन स्थलकाे अवस्था तनावग्रस्त छ भने व्यापक रूपमा प्रहरी परिचालन गरिएकाे छ ।

प्रदेश २ मा विभिन्न ७२ सिटका लागि १७४ जना उम्मेद्वार छन् । यता निर्वाचन समितिले भने प्रदेश २ मा बुधबार नै निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.