काँग्रेस सभापतिकाे दाेस्राे चुनावमा शेरबहादुर देउवा निर्वाचित

 धनगढी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् ।मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन ।

यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि उनी दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित भएका थिए। जारी चाैधाैं महाधिवेशनकाे पहिलाे चुनावमा देउवाले २ हजार ७३३ मत ल्याए । यस्तै शेखर कोइरालाले १ हजार ८५५ मत ल्याए । भने ३५ मत बदर भएको छ ।

दोस्र‍ो चरणकाे निर्वाचनवाट उनी सभापतिमा निर्वाचित भएका हुन् । जहाँ ४ हजार ६२३ प्रतिनिधिले मतदान गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.