कैलालीमा यस्ताे छ प्रचण्डकाे एक दिवसीय कार्यक्रम

धनगढी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कैलाली आउने भएका छन् ।गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा राष्ट्रनायक मानिने प्रचण्ड कैलालीका बिभिन्न स्थानमा हुने कार्यक्रममा सहभागि हुन मंसिर ८ गते बुधवार विहान धनगढी पुग्नलागेका हुन् ।

बुधवार विहान ८ वजे अघिनै धनगढी विमानस्थलमा पुग्ने प्रचण्डले भीआइपी कक्षमा प्रेस सेन्टर कैलालीकाे आयाेजनामा पत्रकार सम्मेलन गर्नेछन् । त्यसपछि  पार्टी अध्यक्ष प्रचण्डले नेकपा(माओवादी केन्द्र) बर्दगोरियाको पालिका अधिवेशनलाई बिहान ११ बजे सम्बोधन गर्ने र त्यसपछि भजनी नगरपालिकाको नवनिर्मित कार्यपालिका भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा(माओवादी केन्द्र)का कैलाली जिल्ला अध्यक्ष लाल बहादुर सोडारी “दर्शन” जानकारी दिएका छन ।

जिल्लाका पूर्वी पालिकाका कार्यक्रम सम्पन्नपछि मंसिर ८ गते नै धनगढीमा पार्टीको प्रदेश कमिटीलाई अध्यक्ष प्रचण्डेले प्रशिक्षण दिने बताइएकाे छ ।अध्यक्ष प्रचण्ड भोलि नै काठमाण्डौं फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.