दुई युवकबीच कुटाकुट हुँदा डोटीमा एक जनाको मृत्यु
डोटी । दुई युवकबीच कुटाकुट हुँदा डोटीमा आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बोगटान गाउँपालिका–१ उल्टेपानी बस्ने ४९ वर्षीय धनबहादुर मगर रहेको प्रहरीले जनाएको छ।
कुटाकुटमा संलग्न सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बोगटान–१ उलटेपानी बस्ने टेक बहादुर मगरको घर छाएर खाना खाने क्रममा उनीहरुबीच सामान्य विवादमा झगडा हुँदा कुटाकुट भएको थियो।
झगडामा घाइते भएका धनबहादुरलाई उपचारका लागि दिपायलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले चौकी चमराचौतराबाट खटिएको प्रहरीले मिलनलाई नियन्त्रणमा लिएको बताइएको छ।