काठमाण्डाैं जाँदै गरेकाे बस दाङमा दुर्घटना, २९ जना घाइते

धनगढी । पट्टा भाँचिएपछि अनियन्त्रित भई काठमाडौं जाँदै गरेको बस दाङको लमहीमा दुर्घटना भएको छ। सुर्खेतबाट काठमाण्डाैं जाँदै गरेकाे प्रदेश ०२-००१ख०२१९ नम्बरको बस दुर्घटनामा परी २९ जना घाइते भएको दाङ प्रहरीले जनाएको छ।

बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा बिहान करिब पौने दुई बजे दुर्घटनामा परेको हाे। घाइतेहरूको उपचार लमही अस्पतालमा भइरहेको र केहीलाई थप उपचारको लागि कोहलपुर पठाइएको दाङ प्रहरीले जनाएको छ।

बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। बसमा ३९ यात्रु सवार थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.