सरकारले ताेक्याे राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते
सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ १२ गतेको लागि तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेको लागि निर्वाचन मिति तोकिएको हो ।
आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदै छ । उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् । सरकारले निर्वाचन आयोगको प्रस्तावबमोजिम नै निर्वाचन मिति तोकेर आयोगलाई तयारी अघि बढाउन आग्रह गरेको महिला बालबालिक तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले बताइन् ।
संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।