तिहार नजिकिएसँगै युट्युब रंगिए ‘देउसी भैलो’का गीतले

हिन्दुहरुको महान चाड तिहार नजिकिँदै छ। दशैँपछि नै तिहारविशेष गीतहरु आउने क्रम बढ्दो छ। तिहारलाई लक्षित गर्दै देउसी भैलोसँग सम्बन्धित नयाँ-नयाँ गीत सार्वजनिक भइरहेका छन्।तिहारकै अवसरमा दुई साताअघि पशुपति शर्माको ‘देउसी भैलो’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा युवादेखि बच्चासम्म देउसी भैलो खेलेर आफ्नो परम्परा जोगाउनुपर्छ भन्ने देखाउन खोजिएको छ। जसकारण पनि गीतलाई युट्युबमा रुचाइएको छ।

दुर्गा पौडेलले लेखेको गीतमा पशुपति शर्मा, शान्ति श्री परियार र सुप्रिम मल्ल ठकुरीको स्वर सुन्न सकिन्छ। साथै, गीतमा दुर्गा पौडेलले नै संगीत भरेका छन्।दुर्गा पौडेलको नै निर्देशन रहेको गीतको भिडियोमा पशुपति शर्मा, अन्जली अधिकारी र सुप्रिम मल्लको अभिनय देख्न सकिन्छ। यो समाचार तयार गर्दासम्म गीतलाई ८ लाख ९७ हजार बढीले हेरिसकेका छन्।

देउसी भैलो ‘रमाइलो तिहार’ बोलको गीत पनि सार्वजनिक भएको छ। यो गीतमा तिहारमा खेलिने देउसी भैलोलाई देखाइएको छ।गीतमा नेत्र अर्यालको शब्द र संगीत रहेको छ। गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका हुन्। गीतमा खुमन अधिकारी, चन्द्र शर्मा र सम्झना भण्डारीको स्वर सुन्न सकिन्छ।

काजिश श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा लोमास शर्मा, सुस्मिता सापकोटा, सन्तोषी पौडेल र ध्रुब पोखरेलको अभिनय रहेको छ। गीतलाई युट्युबमा ३ लाख ४७ हजार पटक हेरिएको छ।

गायिका एलिना चौहानको ‘मेरो प्यारो भाई मेरो प्यारो दाई’ गीत रिलिज भएको छ। एलिना चौहान युट्युब पेजमार्फत यो गीत रिलिज गरिएको हो। गीतमा दाजुभाई नहुँदाको पिडा देख्न सकिन्छ। तर, अन्त्यमा दिदीबहिनी नै एकअर्कालाई टीका र माला लगाएर तिहार मनाइरहेको देखाउन खोजिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.