मोटरसाइकल दुर्घटनामा कञ्चनपुरमा एक युवकको मृत्यु

कञ्चनपुर । बेलौरी नगरपालिका-१ बैशाखीका ३२ वर्षीय रकमबहादुर शाहीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। बेलौरी कलुवापुर राजमार्गको मैनाहामा शुक्रवार साँझ मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किँदा गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा इशासन मेमोरियल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

रकमसँगै मोटरसाइकलमा सवार नमराज शाही घाइते भएका छन्। उनको उपचार भैरहेको छ। रकम नेकपा(एमाले) निकट राष्ट्रिय युवा संघका जिल्ला सदस्य हुन्। संघको जिल्ला बैठकमा सहभागी भई घर आउने क्रममा उनी दुर्घटनामा परेका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.