चीनले फेरी १० लाख कोरोनाविरुद्धको खोप अनुदानमा दिने

काठमाडौँ । चीन सरकारले पुनः कोरोनाविरुद्धको खोप अनुदानमा सहयोग गर्ने भएको छ । चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा सहयोग गर्ने विषयमा बुधबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच छलफल भएको थियो ।

छलफलमा चिनियाँ राजदूत होउले थप १० लाख मात्रा सिनोभ्याक कम्पनीले उत्पादन गरेको भेरोसेल खोप अनुदान सहयोग गर्ने बताउनुभएको थियो ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्वास्थ्य राज्यमन्त्री र चीनका राजदूतबीच भेटघाट भएको जानकारी दिँदै चीनले अनुदानमा दिन लागेको खोपबारे छलफल भएको बताए ।

यसअघि चीनसँग खरिद गरेको ६० लाख मात्रा खोप आइसकेको छ । यस्तै थप ६० लाख मात्रा खोप आउने चरणमा रहेको छ भने चीनले उपलब्ध गराउने १० लाख मात्रा खोप पनि तत्काल आउने बताइएको छ । यसैगरी चीनको अनुदानमा प्राप्त १६ लाख मात्रा खोप अक्टोबर २० देखि २३ सम्म नेपाल आइसक्ने राज्यमन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.