अर्को पक्षलाई पेलेरै देउवाले गृह जिल्लामा गराए वडा अधिवेशन

धनगढी । केन्द्रका शीर्ष नेता र जिल्ला पार्टी नेतृत्वको फरक मतको समेत बेवास्ता गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशन गराएका छन्।

क्रियाशील सदस्यता विवादकै वीच डडेल्धुराका ५२ वडामा शुक्रबार वडा अधिवेशन भइरहेको छ। सत्ता र शक्तिको दुरुपयोग गरेर वडा अधिवेशन भइरहेको कांग्रेस डडेल्धुराका सभापति मल्लले बताए। ‘आज भइरहेको वडा अधिवेशनका लागि जिल्ला बाहिरबाट सुरक्षाकर्मी ल्याएर वडा/वडामा भरिएको छ’, उनले भने।

वडा अधिवेशन र त्यसक्रममा हुने निर्वाचन निष्पक्ष र धाँधलीरहित नहुनेमा पौडेलपक्षले आशंका व्यक्त गरेको छ। शुक्रबार बिहान मात्रै पौडेलपक्षका नेताहरु बालुवाटार पुगेर देउवालाई भेटेका थिए। ‘पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुप्रयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौं’, देउवासँगको भेटबारे पौडेलले भने।

पौडेल पक्षका नेताहरुले बिहीबार पनि देउवालाई भेटेका थिए। क्रियाशील सदस्यता विवाद रहेकाले डडेल्धुराको वडा अधिवेशन रोक्न पौडेलपक्षले देउवासँग माग गरेको थियो। त्यसअघि उपसभापति निधिले सभापति देउवालाई पत्र लेखेर डडेल्धुराको वडा अधिवेशन रोक्न माग गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.