एमालेबाट निष्काशित माधवसहित १४ सांसदलाई कारवाहीकाे औचित्य छैन

नेकपा एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरिरहनुनपर्ने अवस्था नभएको संसद सचिवालयले जनाएको छ । भदौ १ गते एमालेले नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न सचिवालयलाई पत्राचार गरे पनि आइतबार सचिवालयले कारवाही गर्न नपर्ने भनेको छ ।

संसद सचिवालय स्रोतले भन्यो,  ‘गत भदौ १ मा पठाएको पत्रमा उल्लेख भएका प्रतिनिधिसभाको सदस्यहरु समेत समावेश भइ सनाखत गरी नेकपा (एकिकृत समाजवादी) नामक नयाँ पार्टी दर्ता भएको मिति ०७८ भदौ ११ मा निर्वाचन आयोगबाट जानकारी प्राप्त हुन आएको सन्दर्भलाई समेत मनन गर्दा एमालेको उक्त पत्रका सन्दर्भमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ दोस्रो संशोधन अध्यादेश २०७८ बमोजिम नै कुनै कारबाही गर्नुपर्ने अवस्था रहेन ।’

तर, एमालेले भने पदमुक्त गर्न सभामुख अग्निप्रसाद सापकोटाले आनाकानी गरेको भन्दै सभामुखविरुद्ध उत्रिदै आएका थिए । एमालेले कारवाही गरेका १४ जना सांसद्हरुले हाल नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेर सरकारमा सामेल हुन लागेका छन्। साथै, सचिवालयले निर्वाचन आयोगमा नयाँ दल दर्ता भइसकेको र त्यसको जानकारी आयोगबाट सचिवालयमा आइसकेको हुनाले कारवाही गर्नुको औचित्य नरहेको निष्कर्ष निकालेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.