मिनि खप्तडको उपमा पाएको डाेटीकाे बग्लेक पर्यटकीय भाईरल बन्दै

डोटी । कोरोना महामारीले पर्यटन व्यवसायमा गहिरो असर पु¥याएको बेला डोटीमा भने अहिले पर्यटकीय स्थलको खोजि र विकासको लागि सरोकारवाला जागरुक भएका छन । जसले गर्दा मिनि खप्तडको उपमा पाएको डाेटीकाे बग्लेक आन्तरिक पर्यटककालागि भाईरल बन्दै गएकाे छ ।

सामाजिक संजाल फेसबुक लगायत मिडियामा डोटीको पुर्बिचौकी गाउँपालिका–२ बग्लेक प्रचार प्रसार भएपछि थप आकर्षकका भौतिक संरचना पनि निर्माण हुन थालेका छन । शनिबार नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा समाजसेवी खगेन्द्र साउँदले आफ्नै लगानीमा थप ४ वटा फालामे झुला र पिङ निर्माण गरेको छन् । खप्तड जाने मुलबाटो बिचमा रहेको बगलेक खप्तड कै झल्को दिने गरेकाले यसलाई मिनि खप्तडको उपामा समेत दिने गरिएकाेले यसलाई थप आकर्षक बनाउनको लागि झुला र पिङ निर्माण गरेको उनले बताए ।

पछिल्लो समय सामाजिक संजाल लगायत मिडियामा यस क्षेत्रको बारेमा भएपछि अहिले दैनिक सयौँको संख्यामा यहाँ पर्यटकहरु पुग्ने गरेका छन । प्रायः शनिवारको दिन यहाँ धेरै भिड लाग्ने गरेको सामाजसेवी साउँदले बताए । यसको विकासका लागि स्थानीय तहले अफ्नाेत्व लिनु पर्ने उनकाे भनाई छ । यस्तै, मानिससँग प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने, खाने, बस्ने व्यवस्था गरिनुपर्ने स्थानियले माग गरेका छन ।

डोटीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले सरकारले लागु गरेका नियमको पालना गर्दै आन्तरिक पर्यटन प्रवर्धनमा जोड दिनुपर्ने बताए । यहाँका विभिन्न ठाउँका स्थानियहरु परिवार तथा साथी सहपाटी मिलेर पिकनिक खाने, टिकटको बनाउने, फोटो खिच्ने र गर्मी छल्नका लागि पनि बगलेग पुग्ने गर्छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.