नेपालमा अवैध मोबाइल बन्द गर्ने सफ्टवेयर आजदेखि लागु

काठमाडौँ । शुक्रबार साउन १ गतेदेखि अवैध मोबाइल बन्द गर्ने सफ्टवेयर लागू गरिएको छ। विदेशमा चोरी भएका वा कर नतिरी नेपाल भित्रिएका मोबाइलको प्रयोगलाई निरुत्साहित गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको हो।

अवैध मोबाइल डिभाइस नियन्त्रण गर्ने उद्देश्यले जडान गरिएको यो प्रणाली लागू भएपछि नेपाल भित्रिएका अवैध मोबाइल बन्द र वैध मोबाइल मात्रै सञ्चालन हुने अवस्था सिर्जना गर्नेछ।

प्राधिकरणले २०७६ असारमा ७६ करोड लागतमा ६ महिनाभित्र काम सक्ने गरी ठेक्का दिएको थियो। तर निषेधाज्ञाले गर्दा यो प्रणाली ढिलो गरी सञ्चालनमा आएको बताइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.