Dashain Suvakamana

प्रधानमन्त्रीको प्रस्ताव गर्न मलाई बौलाहा कुकुरले टोकेको छ र ?

माधव नेपाललाई ओलीको जवाफ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधामनमन्त्री केपी शर्मा ओलीले नेता माधकुमार नेपाल नेपाली कांग्रेसमा ‘ज्वइन’ हुन सक्ने बताएका छन् । बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा उनले आफूले नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव नराख्ने जिकिर समेत गरेका छन् ।

केही दिन अघि पत्रकारहरुसँगको अन्तक्रियामा नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको र अस्वीकार गरेको बताएका थिए ।

“शेरबहादुर देउवाको पार्टी ज्वइन गर्न सक्छन् । पछि प्रचण्डको पार्टी एकै हुने हो । माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हो । मलाई बौलाहा कुकुरले टोकेको छ र ? यस्तो मान्छेलाई केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्ला ? एक ढंगले प्रचण्डको पुछार हुन्,” ओलीको आरोप छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.