मुख्यमन्त्रीका स्वकीय प्रख्यातद्वारा याेजनामा लेनदेन नगरेकाे स्पस्ट (विज्ञप्तिसहित)
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टका स्वकीय सचिव प्रेमवहादुर कुँवरले याेजना हाल्ने नाममा कुनै लेनदेन नगरेकाे बताएका छन् । डाेटी शिखरका जगन्नाथ बलायरले याेजना हालि दिन्छु भनि ५० हजार रुपैयाँ लिएकाे स्टाटस समाजिक सञ्जाल फेसबुकमा लेखेकाेप्रति कुँवरले प्रेस विज्ञप्ती निकाल्दै यस्ताे बताएका हुन् ।
कुँवरद्वारा प्रेशित विज्ञप्तिमा भनिएकाे छ- ‘गलत नियतले माग गरेकाे याेजना नपरेपछि निज जगन्नाथ बलायरले मेराे र मुख्यमन्त्रीकाे बदनाम गर्ने मनसायवाट फेसबुकमा स्टाटस लेखेकाे बनावटी प्रस्ट छ ।’ हामीसँग सराेकारै नभएका ब्यक्तिले याेजनासँग जाेडि बदनाम गर्ने र मुख्यरुपमा मेराे राजनैतिक छवि बिगार्ने, चरित्र हत्या गर्ने नियतले झुट्टा तथ्य उल्लेख गरेकाेप्रति गम्भीर ध्यानाकर्षण भएकाे उल्लेख गरेका छन् ।
विज्ञप्तिमा अगाडी भनिएकाे छ- ‘यस्ताे भ्रमिक झुट्टा कुराकाे भ्रममा नपर्न सबैमा आग्रह गर्दछु । साथै निजकाे यस्ताे हर्कतकाे घाेर भत्सना गर्दछु ।’