Dashain Suvakamana

सुदूरपश्चिममा ओलि पक्षका ७ जना सासँद निलम्बित

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ । संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै केपी शर्मा ओली पक्षका ७ जनालाई निलम्बन गरेको हो ।

सातजना मध्य रतन थापा र पठान सिंह बोहरा लाई १५ दिन, लिलाधर भट्ट र बलदेव रेग्मी लाई १० दिन र अन्यलाइ ७ दिनका लागि निलम्बन गरिएको संसदीय दलले जनाएको छ । माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो ।

तर ओली पक्षका सांसद लिलाधर भट्ट, नेपालु चौधरी, रतन थापा, पठानसिंह बोहरा, ग्याल्बु बोहरा, माया तामाङ र बलदेव रेग्मीले विपक्षमा मत दिएपछि दल नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए । यस्तै उनीहरुले संसदीय दलको ह्वीप विपरी  सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेका थिए ।

ओलि पक्षमा रहेका सांसद तथा पुर्व मन्त्री पठान सिंह बोहराले भने संसदीय दलको बिधान नै वैधानिक नभएका कारण भोलिको बैठकमा सहभागी हुने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.