Dashain Suvakamana

सुदूरपश्चिममा बिहिवार पनि संक्रमित भन्दा कोरोना जित्ने बढी

धनगढी । पछिल्लाे केही दिनयता सुदूरपश्चिममा संक्रमित भन्दा कोरोना जित्ने बढ्दै गएका छन् ।प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार आज बिहिवार पनि संक्रमित भन्दा कोरोना जित्ने बढी रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा बिहिबार ४ सय ८७ कोरोना संक्रमित थपिएका छनभने काेराेना मुक्त हुनेकाे संख्या ५ सय ६९जना रहेकाे छ । पछिल्लाे २४ घण्टामा पिसिआर बिधिबाट गरिएको परिक्षणमा ३ सय ४२ र एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो  ।

यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ हजार ६ सय ४३ पुगेको छ । जसमध्ये २० हजार ९ सय १३ जनाले कोरोना जितेका छन  । आज कोरोना संक्रमणबाट सुदूरपश्चिममा ९ जनाको मृत्यु भएको छ । जसमा कैलाली र कञ्चनपुरका ४÷४ जना र अछामका १ जना रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.