Dashain Suvakamana

कैलालीमा निषेधाज्ञा २० गतेसम्म लम्ब्याइयो

धनगढी । कैलाली जिल्लामा थप १ साता निषेधाज्ञा लम्ब्याइएको छ। कोरोना भाइरसको संक्रमण नघटेकाे भन्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थान केन्द्र (डीसीसीएमसी)ले थप १ साता निषेधाज्ञा थप गर्ने निर्णय गरेसँगै जेठ २० गतेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

कैलालीमा गत वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा जारी छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीव्र रूपमा बढ्दै गइरहेको भन्दै निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.