Dashain Suvakamana

सेती अस्पतालमा ३३ कन्सन्ट्रेटर जडान, अब अक्सिजन समस्या नहुने

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ ।कोरोना संक्रमितकाे उपचारमा अक्सिजनको चरम अभाव भइरहेको प्रदेशमा थप अक्सिजन कन्सन्ट्रेटर जडान पछि अव समस्य नहुने अपेक्षा गरिएको छ ।

सङ्घीय सरकारबाट प्राप्त भएका २४ वटा,  प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दिएका ६ वटा र सहयाेगी मनहरुले हस्तान्तरण गरेका ३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरेर काम थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज थापाले जानकारी दिए  ।

अहिले अस्पतालमा अक्सिजन कन्सन्ट्रेटरले प्लान्टबाट सिलिण्डर भरेर संक्रमितको बेडसम्म पुगाउनुपर्ने झन्झट समेत हटेको छ । यसले गर्दा कोरोना संक्रमितहरुको उपचारमा सहज हुने अपेक्षा गरिएको हाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.