Dashain Suvakamana

दशरथचन्द विश्वविद्यालयका लागि १५१ चिकित्सक तथा स्वास्थ्यकर्मी छनोट

Ajai

धनगढी । कैलालीको गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले करार सेवामा नियुक्तिका लागि १३ वटा पदमा १५१ जना चिकित्सक तथा स्वास्थ्यकर्मी छनोट गरेको छ। विश्वविद्यालयले भदौ २६ गते करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी छनोटसम्बन्धी सूचना प्रकाशित गर्दै खुला प्रतियोगितामार्फत पदपूर्तिको प्रक्रिया अघि बढाएको थियो।

करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी छनोट समितिको सिफारिस र योग्यताक्रमका आधारमा सफल उम्मेदवारको नतिजा सार्वजनिक गरिएको हो। छनोट भएकामध्ये सबैभन्दा धेरै ९० जना स्टाफ नर्स रहेका छन्। त्यस्तै, १० जना फर्मेसी सहायक, १० जना प्रयोगशाला प्राविधिक, १० जना नर्सिङ अधिकृत र ६ जना रेडियोग्राफर छनोट भएका छन्।

यसैगरी, चार जना डेन्टल सर्जन, तीन जना प्रयोगशाला प्रविधिज्ञ, दुई जना फिजियोथेरापी सहायक, दुई जना फिजियोथेरापी अधिकृत र दुई जना फर्मेसी अधिकृत छनोट भएका छन्। त्यस्तै, एकजना बायोमेडिकल इन्जिनियर र एक जना मेडिकल अधिकृत पनि छनोट भएका छन्। सफल उम्मेदवारलाई आगामी मंसिर ११ गतेभित्र विश्वविद्यालयको केन्द्रीय प्रशासन कार्यालयमा सम्पर्क गरी नियुक्तिपत्र बुझ्न सूचित गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.