Dashain Suvakamana

नेपाल पत्रकार महासंघको निर्वाचनमा ११ संगठनबीच गठबन्धन

काठमाडौं । आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा एघार पत्रकार संगठनबीच गठबन्धन गर्ने सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको प्रेस चौतारी नेपाल बाहेक लगभग सबैजसो संगठनबीच गठबन्धन भएको हाे ।

महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रतिगामी कदमविरुद्ध  रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत ती संगठनहरुले जनाएका छन् । प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल (माधव नेपाल समूह), प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन, मिडिया नेपाल, प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ र लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाज बीच महाधिवेशनमा गठबन्धन गर्ने सहमति भएको छ ।

संसद विघटन गर्ने निर्णयको विपक्षमा उभिएका संगठनहरुबीच गठबन्धन बनेको प्रेस वक्तव्य मार्फत जनाइएको छ ।विज्ञप्तिमा मिडिया काउन्सिल विद्येयक, सार्वजनिक सेवा प्रसारण विद्येयक, सामाजिक सञ्जाल निर्देशिका (अनलाइन) लगायतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी, नागरिक अधिकार कुण्ठित गर्ने किसिमका सरकारले अघि बढाएका विद्येयकहरु फिर्ता गराउन थप संघर्ष गर्ने प्रतिबद्धता पनि व्यक्ति गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.