खेलकूद विकासमा सरकार नीजिक्षेत्रसँग साझेदारी गर्न तयार:मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले खेलकूदकाे माध्यमवाट गाउँ समाज र प्रदेशकाे नाम उच्च पार्नेहरु हाम्रा गहना भएकाे बताएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा आज भएको अवार्ड वितरण तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै यस्ताे बताए हुन् ।
सिमित साधन स्राेतका बावजुद पनि सुदूरपश्चिम प्रदेशका खेलाडीहरुले देश विदेशमा नाम राख्न सफल भएकाेप्रति धन्यवाद दिदै मुख्यमन्त्री भट्टले खेलकूद विकासकालागि सरकार नीजि क्षेत्रसँग साझेदारी गर्न तयार रहेकाे बताए । प्रदेश सरकार खेलकूदलाई मानव स्वास्थ्यसँग जाेडेर शिक्षाजस्तै अनिवार्यरुपमा विधालयमा पुराउन लागिपरेकाेले सराेकारवालासँग सल्लाह सुझाव तथा याेजना ल्याउन उनले आग्रहसमेत गरे ।
दोस्रो पटक आयोजना भएको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की बर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंह बर्ष महिला खेलाडीबाट सम्मानित भएका छन् । यस्तै भलिबलकी सरस्वती चौधरी बर्षको लोकप्रिय खेलाडी घोषित भएकी छिन् । कुस्तीका राजेन्द्र चन्द बर्ष प्रशिक्षक घोषित भएका छन् ।
कैलाली अस्पताल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डमा एथलेटिक्सका लक्ष्मीदत्त भट्टलाई सारथी अस्पताल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । तीन दशक अघि चार पटक नेपाल च्याम्पीयन बनेर धेरै एथलेटिक्स खेलाडी जन्माउने कैलालीको गेटा निवासी भट्टलाई नेपाल खेलकुद पत्रकार सञ्च कैलालीले लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरेको हो ।
यस्तै कुस्तीकी संगीता धामी निसर्ग अस्पताल बर्ष युवा खेलाडी घोषित भएकी छिन् । उनले १३ औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा नेपाललाई पहिलो स्वर्ण जिताएकी थिईन् ।ब्याडटमिन्टनका प्रिन्स दाहाल र कुस्तीकी सिवाङ्गी दुवे सुदूरपश्चिम आइकन घोषित भएका छन् ।तेक्वान्दोकी आयशा शाक्य र क्रिकेटकी अन्जली चन्दलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित गरेको छ ।