नेकपा माओवादी केन्द्रकाे प्रदेश तथा जिल्ला पार्टी कार्यालय स्थापना
धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिममा धमाधम आफ्नाे पार्टी स्थापना गर्न लागेकाे छ । यसैक्रममा सुदूरपश्चिमकाे मुकाम धनगढी चाैराहमा आज एक कार्यक्रमका वीच सुदूरपश्चिम प्रदेश र कैलाली जिल्ला पार्टी कार्यालय खाेलेकाे हाे ।
पार्टी कार्यालय स्थापनाकाे उद्घाटन गर्दै नेकपा सुदूरपश्चिम प्रदेश सचिव एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य नेपवहादुर चाैधरीले सर्वहारा जनताकाे राज्यसत्ता प्राप्तिकालागि पार्टीले शान्तिपूर्ण क्रान्तिलाई निरन्तरता दिने बताए । यसकालागि सबै पार्टीका सच्चा क्रान्तिकारीहरु एकजुट हुनुपर्ने उनकाे भनाई छ ।
पार्टी स्थापना कार्यक्रममा पार्टीका वडा कमिटी सदस्यदेखि प्रदेश तथा केन्द्रीय सदस्यहरु, प्रदेश सरकारका भूमी व्यबस्था कृषि तथा सहकारी मन्त्री बिनिता चोधरी लगायत संसदहरु सहभागी थिए ।
सर्वोच्च अदालतले नेकपा पार्टी एकीकरण नमानेपछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सुदूरपश्चिमसहित देशैभर आफ्नाे छुट्टै पार्टी कार्यालय स्थापना गर्न लागेकाे हाे ।