Dashain Suvakamana

अव सीता एयरले पनि सुदूरपहाडी जिल्लामा नियमित उडान गर्ने

धनगढी । मंगलबार सुदूरपश्चिमका पहाडी जिल्लामा परीक्षण उडान गरेको सीता एयरले अव नियमित उडान सेवा सञ्चालन गरिने जनाएको छ।

सीता एयर नेपालगञ्जका व्यवस्थापक मनोज भारतीले नियमित हवाइ सेवा सञ्चालन गर्ने उद्देश्यले नै  पहाडी जिल्लामा परीक्षण उडान गरिएको बताए।

‘हामीले गरेकाे परीक्षण उडान सफल भयाे,’ उनले भने, ‘नागरिक उड्यन प्राधिकरणसँग समन्वय गरि छिट्टै नियमित सेवा सञ्चालनमा ल्याउँछौँ।’

सीता एयरले मंगलबार बझाङको चैनपुर विमानस्थल, अछामको साफेबगर, डोटीको दिपायल र बैतडीको पाटल विमानस्थलमा परीक्षण उडान गरेको थियाे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.