Dashain Suvakamana

नेकपा विवाद र मिडियावाजीकाे खेती

भवानी ऐर 

धनगढी । बामपन्थी विचारका दुई ठूला कम्युनिष्ट पार्टी एकीकरणर हुने उद्घाेषकासाथ साझा चुनावी घाेषणापत्र लिएर चुनावमा हाेमिएपछि पार्टी कार्यकर्ता मात्रै नभई आम जानसमुदायमा एक किसिमकाे उत्साह जागेकाे थियाे । त्यसैकाे तागतमा नेकपाकाे दुईतिहाई करिब जनमत आयाे । स्थिर सरकारले मात्रै सुशासन र समृद्धि दिन सक्ने जनभावनाकाे बिम्व भयाे ।

जनताले ‘दुई बाम एक ठाम’ भएकाे अनुमाेदन गरेपछि तत्कालिन नेकपा (एमाले) र माओवादी एकता केन्द्र  एकीकरण भई (नेकपा) बनेकाे सर्वत्र जगजाहेर नै छ । पार्टीले दुईतिहाई नजिक पाएकाे जन समर्थनलाई उपयाेग गर्दै जनताले रुचाएकाे संघीय व्यबस्था अनुरुप तीनै तहमा अहिलेसम्मकै शक्तिशाली सरकार गठन भए । जहाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व अग्रस्थानमा रहेकाे छ । जनताकाे लामाे बलिदानी र संघ्रर्षवाट स्थापीत संघीय लाेकतान्त्रिक गणतन्त्रमा हिजाेदेखि हेपिए चेपिएका जनसमुदायकाे स्वभाबैले अपेक्षा बढी थिए । तीन तहकै सरकार गठनकाे लामाे समयसम्म ‘शासन ब्यवस्था परिवर्तन भएपनि बास्तविक जनताका अवस्था’ मा कुनै फरक नपाएपछि जनआक्राेश पनि त्यही रफ्तारमा बढ्दै रहेका बेला नेकपा दुई चीरामा विभाजनकाे स्थितिमा पुगेकाे छ ।

(नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले जनप्रतिनिधकाे संसदसभा विघटन गरी मध्यावधी निर्वाचनमा जाने घाेषणाले विपक्षी दल मात्रै नभई सत्ता पक्षकै बहुसंख्यक नेताहरु गुट उपगुट र समुह खडागरी पक्ष र विपक्षमा उभिएका छन् । प्राकृतिक विपत्ति महाभुकम्पकाे पीडा सहन विवश नेपालीहरु लामाे स्वास फेर्न नपाउदै काेराेना महामारीकाे चपेटामा परे । जसले देशमा धन जनकाे मात्रै नभई हाम्रा परम्परागत  माैलिक सांस्कृतिकलाई पनि भताभुङ्ग बनाएकाे छ, अर्थ ब्यवस्था तहस नहस पारेकाे छ । परिणामस्वरुप निम्न अर्थअवस्थाका हामी जनता एक गाँस खानकैलागि राेडमा बस्नुपर्ने अबस्था ल्यायाे ।

भिडियाे र टेलिभिजनमा संकटमा परेका अफ्रिकन हैटीका जनताकाे हालत हेरेर राज्य शत्तासँग लड्ने हामी अहिले आफै भाेगिरहेका छाैं । तर हावाकाे महल देखाएर जनमत बटुलेका नेता ‘याे वा त्याे बहानामा’ फेरी पनि हाम्रै गाउँघरमा हामीलाई नै उल्लु बनाउन पुगेका छन् । आफ्नाे स्वार्थ सिद्धकालागि तत्कालकालागि पद र मासु भातकाे लाेभ लालच देखाउदै छन् । हामी त्यसैमा रमाएका छाै । म फलानाे समुहकाे केन्द्रीय, क्षेत्रीय तथा भेगिय सदस्य भए मलाई बधाई देउ भनि समाजिक सञ्जालदेखि मिडिया वाजीमै रमाएका छाै‌ । जनताकाे व्यबस्था स्थापित गर्न जनयुद्धमा भाेगेका हिजाेकाे दुख पीडा बिर्सन खाेज्दै छाैं । र शासन व्यवस्था परिवर्तनकालागि भएकाे शसस्त्र द्वन्द्धमा शहदात भएका परिवार घाईते अपाङ्गता र बेपत्ताजनका परिवारलाई उल्लु बनाउनमै सिमित भएका छाैं ।

समाजवाद उन्मुख अर्थव्यबस्था (जहाँ सर्वहारा वर्गकाे अग्राधिकार हुने भनिएकाे) राजनिती पनि नैतिकतामा हुनुपर्ने हाे । तर राजनीतिलाई लाजनीति बनाउदै शत्ता र केन्द्रकाे ओरीपरी झुम्मिनेहरु नै वडादेखि केन्द्रीय सदस्य भएपछि भाेली के लछारपाटाे लगाउने हुन र ? प्रसंग राजनीतिभित्रै लाजनीतिमा आएर ठाेक्कियाे, फोनमा-

कमरेड अभिवादन !

म: नमस्ते अभिवादन (नयाँ नम्बरवाट फोन आएकाेले)  काे बाेल्नु भाकाे सर ?

फोनकाे आवाज …म फलानाे । तपाईकाे मिडियावाट हाम्रा समाचार कम आउन्छन, किन हाेला ?

म : त्यस्ताे छैन, म व्यबसायीक पत्रकारीताकाे पक्षधर हुँ । पहुँचमा पुगेका समाचारमा कुनै भेदभाव हुँदैन । भन्नुस के गर्नुपर्याे ?

फोनकाे आवाज: हाम्राे पार्टी अध्यक्ष तथा देशकाे प्रधानमन्त्री धनगढी आउदै छन् विज्ञापन दिउँ की ?

निरंकुशता बिरुद्धकाे आन्दाेलनका क्रममा घईते अपाङ्ग भएकाे म: भाे यस्ताे बेला भाे (दुई चार हजारकाे विज्ञापनमा नबिकु भन्दै सम्वाद काटे ।)

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.