Dashain Suvakamana

ओली पक्षद्वारा भीम रावलसहित तीन नेतालाई कारवाही गर्न सिफारिस

धनगढी । नेकपा ओली समूहको प्रदेश कमिटीले नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावललाई कारवाहीको सिफारिस गरेको छ । बुधवार धनगढीमा वसेकाे साे समुहकाे प्रदेश कमिटीको चौथो बैठकले रावलसहित तीनजना नेतालाई पदबाट हटाउन सिफारिस गरेको हो ।

नेकपामा विवाद बढ्दै गइरहेकाबेला बैठकले इन्चार्ज रावल, प्रदेश सचिव नेपबहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारवाही गर्न केन्द्रमा सिफारिस गरेको हो । रावलमाथि खाताबाट ३० लाख झिकेर अनियमितता गरेको आरोप पनि लगाइएको छ ।

यसअघि पुस १७ गते बसेको प्रचण्ड–माधव पक्षको प्रदेश कमिटी बैठकले नेकपाका जिल्ला अध्यक्ष कर्ण थापासहित चार जिल्लाका अध्यक्षलाई कारवाही गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.