
धनगढी । बैतडीमा अदालत भित्रै प्रहरी जवानले आत्महत्या गरेका छन् । जिल्ला अदालतमा कार्यरत एक प्रहरी जवान आफ्नै ब्यारेकको कोठामा हिजाे राती मृत फेला परेका हुन्।
दार्चुलाको लेकम गाउँपालिका–४ घर भएका प्रहरी जवान भुपेन्द्रराम पार्की मंगलबार राति ब्यारेकभित्रै मृत अवस्थामा फेला परेका हुन्।
ड्युटी सकेर अदालत परिसरमा रहेको ब्यारेक पुगेका पार्की आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
कोठाको ढोका बन्द रहेको अवस्थामा उनी मृत भेटिएकाले आत्महत्या हुन सक्ने अनुमान भएपनि घटनाबारे थप अनुसन्धान भैइरहेकाे बताइएकाे छ ।
