Dashain Suvakamana

कैलालीका पत्रकार ‘सामूहिक गिरफ्तारी’ दिन प्रशासन अगाडी

Ajai

धनगढी । पत्रकारमाथि भएको धरपकड र गिरफ्तारीको विरोधमा नेपाल पत्रकार महासंघ कैलाली शाखाले आन्दोलन गरेको छ। आन्दोलनका कार्यक्रमअन्तर्गत बुधबार बिहान पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि भेला भएर विरोध प्रदर्शन गरेका हुन्।

‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शनमा उत्रिएका पत्रकारहरूले सञ्चारमाध्यम र पत्रकारमाथि भइरहेको धरपकड तथा दबाबको विरोध गरेका छन्। महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाका अनुसार मिडिया हाउसको गेटमा गाडी तेर्स्याएर राख्ने, सञ्चारमाध्यममा धरपकड गर्ने, पत्रकारलाई गिरफ्तार गर्ने, लोककल्याणकारी विज्ञापनको रकम काट्ने तथा श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने कार्यको विरोध गरिएको हो।

त्यस्तै, सञ्चारमाध्यममाथि भइरहेको आर्थिक नाकाबन्दी बन्द गर्न पनि महासंघले माग गरेको छ। महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहले आन्दोलन जारी रहने जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.