तीन दिनसम्म भारी वर्षाको सम्भावना

धनगढी । देशका अधिकांश भूभागमा बदली रही विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि शुक्रबारसम्म केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

बुधबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभाग, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। बुधबार देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना छ। केही ठाउँमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ।

बिहीबार बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै शुक्रबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । तीनै दिन हिमाली भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रमा बिहानको समयमा हुस्सुरकुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।

गत २४ घण्टामा पनि कास्कीमा भारी वर्षा भएको थियो भने देशका धेरै ठाउँमा भारी वर्षा भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.