कम्युनिष्ट एकताकालागि दबाव दिन नारायणकाजी श्रेष्ट धनगढी आउदै

धनगढी । नेपाली कम्युनिष्ट पार्टीका बरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ट धनगढी आउदैछन् । उनले भोलि धनगढीमा पुष्पलाल मित्रता केन्द्रले आयाेजना गर्ने वृहत् कार्यक्रम ‘सबै कम्युनिष्ट पार्टीहरूबीच एकताका लागि दबाव’ विचार गोष्ठीलाई सम्बाेधन गर्नेछन् ।

भोलि १२ बजे उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना हुने पुष्पलाल मित्रता केन्द्रका केन्द्रीय अध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । ‘वामपन्थी पार्टीहरूको एकता आजको आवश्यकता हो,’ उनले भने, ‘आगामी प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम र कम्युनिस्ट आन्दोलनलाई जोगाउनका लागि पनि आजको आवश्यकताबारे बहस हुने छ ।’

नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडा, नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशी, एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, राष्ट्रिय जनमोर्चाका नन्दराज भट्ट, नेकपा संयुक्तका नेता उर्वादत्त पन्त लगायतले सम्बोधन गर्ने मित्रता केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर शाहले जानकारी दिए।

यसअघि साउन ८ गते काठमाडौंबाट सुरु भएको विचार गोष्ठी २७ गते पोखरामा सम्पन्न गर्ने तयारी भइरहेको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको उपस्थितिमा काठमाडौंमा देशभर नेकपा र एमालेबीच सहकार्यको वातावरण बनाएको नेताहरूको दाबी छ ।

‘हाम्रो अभियानले वामपन्थीहरूको एकताको माहोल बन्ने देखिन्छ,’ केन्द्रीय अध्यक्ष खतिवडाले भने, ‘पहिले मिल्न सक्ने ठाउँमा मिल्नुपर्छ । अन्तिममा पार्टी एकता नै हुनुपर्छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.