धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । बिहीबार बसेको सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बाेधन गर्दै उनले राजिनामा दिन गैइरहेकाे बताएका हुन् ।
सत्ता साझेदार नेकपा (एमाले) ले बजेटसम्बन्धी विवादलाई लिएर सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । त्यसपछि नेपाली कांग्रेसको संसदीय दलको निर्णयअनुसार शाहले राजीनामा दिने घोषणा गरेका हुन् ।
मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुलेकाे छ । बजेट पारित गर्ने विषयमा सत्ता साझेदार दलबीच देखिएको विवाद अन्ततः सरकार परिवर्तनको अवस्थामा पुगेको हो ।